
भक्तपुर । केही महिना अघि सामाजिक संजालमा भाइरल भएका अर्जुन बिक जबरजस्ती करणी, अपहरण अभियोगमा पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई अपहरण गरी शरिर बन्धक बनाई अर्जुनले २०७३ जेठ ३० गते काठमाडौं महानगरपालिका १० देवीनगरस्थित कोठामा डर, धाक, धम्की दिई जबरजस्ती करणी समेत गरी फरार भएका थिए । उक्त घटना अनुसन्धानको क्रममा ईलाका प्रहरी […]
भक्तपुर । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकास्थित कोटिहवामा पाँच वर्षीय बालिकालाई बलात्कृत भएकी रुपन्देही प्रहरी प्रमुख एसपी प्रवीण पोखरेलले जनाएका छन् । ती बालिकाको अहिले काठमाडौस्थित टिचिङ अस्पतालमा उपचार भैरहेको छ। तिलोत्तमा नगरपालिका कोटिहवामा परिवारसँग बस्ने बालिकालाई नजिकैको पसल जाने क्रममा २८ वर्षीय युवकले बलात्कार गरेको पोखरेलले बताए। बलात्कारमा संलग्न युवकलाई प्रहरीले पक्राउ गसिकेको छ। कपिलवस्तु […]
भक्तपुर । सगरमाथामा भारतले दावी गर्नुपर्ने बताएको भारतीय न्यूज च्यानल जी न्यूजले माफी मागेको छ। जी न्यूजका सम्पादक सुधीर चौधरीले बुधबार रातिको डीएनए टेस्ट कार्यक्रममा मंगलबारको गल्तिप्रति माफी मागिएको हो। चौधरीले कार्यक्रममा भनेका छन्, ‘सगरमाथा नेपालकै हो। यसलाई कसैले लिन सक्दैन।’ आफूहरुले नामको विषयमामात्र अभियान चलाएको उनले बताएका छन्। सगरमाथामा भारतले दावी गर्नुपर्छ भनेपछि त्यसको […]
भक्तपुर । काठमाडौं लगायत उपत्यकामा वायु प्रदूषण बढेसँगै वातावरण विभागले बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई घरबाट बाहिर ननिस्कन आह्वान गरेको छ । सोमबारदेखि मौसम धुम्मिएसँगै काठमाडौं उपत्यका लगायतका क्षेत्रमा वायु प्रदूषण बढेकाले बालबालिका, वृद्धवृद्धा, दम–खोकी जस्ता श्वासप्रश्वाससम्बन्धी र मुटुका बिरामी जोखिममा रहेकाले सकेसम्म घरबाट बाहिर ननिस्कन विभागले आग्रह गरेको हो । विभागले मंगलबार […]
भक्तपुर – सरकारी बिधालयका टिचरहरुमा कहिले क्लास सकिन्छ, कहिले हप्ता सकिन्छ अनि कहिले महिना सकिन्छ र तलब पाक्छ भन्ने धारणा रहन्छ तब सम्म सरकारी बिधालयको पढाइमा सुधार आउदैन पूरा भिडियो हेर्नको लागि तल लिंक थिच्नु होस
भक्तपुर – प्रधानमन्त्री नेकपा (प्रचण्ड–माधव) का नेतात्रयले वैशाखमा चुनाव नहुने भन्दै चुनाव हुने भ्रम नपाल्न चेतावनी दिएका छन्। मंगलबार संसद् विघटनविरुद्ध राजधानी काँठमाडौंमा आयोजना गरिएको विरोधसभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालले करिब दुई तिहाई बहुमत रहेको संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले वैशखमा चुनाव गराउँछन् भन्ने […]
कञ्चनपुर । कन्चनपुर जिल्लामा आगो ताप्ने क्रममा ४३ वर्षीया गीतादेवी थापाको जलेर मृत्यु भएको छ । आगोमा जलेर सख्त घाइते थापाको उपचारका लागि धनगढीतर्फ लग्दै गरेका बेला बाटामै मृत्यु भएको हो । उच्च रक्तचापका कारण बेहोश भई आगोमा खस्न पुगेका थिए । एक्लै आगो ताप्ने क्रममा लडेपछि उठाउने व्यक्ति नहुँदा जलेर मृत्यु भएको जिल्ला प्रहरी […]
भक्तपुर – भोलि शुक्रबारदेखि काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली हट्ने भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार शुक्रबारदेखि लागू हुने गरी उपत्यकामा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो। बिहीबार बसेको सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदुरसहित बसेको बैठकले निर्णय गरेको हो। अन्य सबै सेवाहरू खुलेपनि सवारीसाधनको जोर-बिजोर प्रणाली नहटाएको भन्दै व्यवसायी तथा सर्वसाधरणले […]
भक्तपुर : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि चाडपर्वपछि पुनः लकडाउनको प्रस्ताव आएको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक उप–प्रधानमन्त्री ईश्वर पोखरेल र काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारीबीच बुधबार भएको छलफलमा यो प्रस्ताव आएको हो। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करिब पाँच घण्टा लामो भएको बैठक पछिल्लो समय उपत्यकामा बढिरहेको कोरोना […]
वाशिङ्टन( (एजेन्सी)। डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक पर्ने इलेक्टोरल भोट प्राप्त गरेका छन्। पेन्सिल्भेनिया राज्यको परिणाम आएसँगै बाइडेनले २७३ इलेक्टोरल भोट जितेका हुन्। उनले पेन्सिल्भेनियाका २० इलेक्टोरल भोट जितेका छन्। अमेरिकी सञ्चार माध्यमहरुले जो बाइडेन विजयी भएको बताएका छन्। तर, अन्य राज्यहरुमा मतगणना जारी रहेकाले उनलाई आधिकारिक रुपमा विजेता भने […]