“बलत्कार” समाजमा मौलाएको एक अपराध” नामक यस्तो सर्ट बन्यो

समाजमा घटने विभिन्न अपराधहरु मध्ये बलत्कार पनि एक जघन्य अपराध हो । हाम्रो समाजमा अहिले बलत्कारको घटना दिनानु दिन घटी रहेको छ । विभिन्न कारणले हुने यस्ता घटनामा किशोरीहरु मात्र नभै वृद्वा तथा कलिला बालिकाहरु पनि परि रहेका छन । यस्तै घटना कसरी हुन्छ भन्ने विषयलाई लिएर “बलत्कार” समाजमा मौलाएको एक अपराध नामक सर्ट मूभी […]

मनिस कार्कीको निर्देशनमा मनोज कार्कीको “यो शासन” गीतको भिडियो सार्वजनिक

सात सालमा सुरु भएकाे प्रजातन्त्रले लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा राजनीतिलाई जनसरोकारका विषयतर्फ लक्षित गर्ने दिशा अझै समातेकाे छैन । लोकतन्त्रले केही दिशा देखाएजस्तो गरेको छ । सार्वजनिक काल्पनिकीले लोकतान्त्रिक आदर्श अनुग्रहण गरेको छ । तर लोकतान्त्रिक मूल्य–मान्यतालाई नित्य बनाउने हेतुले संघसंस्था र समग्र प्रक्रिया निर्दिष्ट छैनन् । लोकतन्त्रमा ‘लोक’ हराएको स्थिति छ । बिश्व यतिबेला कोरोनाको […]

असाहयको सहारा बन्दै राष्ट्रिय स्वयंसेवक नेपाल सामाजिक कार्यमा सक्रिय । यसरी हुँदै छ सामाजिक कार्य

बिगत दुई बर्ष देखि विभिन्न सामाजिक कार्य गर्दै आइ रहेको राष्ट्रिय स्वयंसेवक नेपाल २०२० देखि आफ्नो सामाजिक कार्यलाई फराकिलो पर्दै तिब्र गतिमा अगाडि बढाई रहेको छ । हाल सम्म यश सस्थाले टोखा, पशुपति क्षेत्रमा बृक्षारोपन, रक्तदान, स्वास्थ सिबिर, मठ मन्दिरहरुको सरसफाई, बाल आश्रम तथा बृद्वा आश्रममा खाना खुवाउने तथा बालबालिकाहरुलाई पाठ्य पुस्तक तथा खेलकुदका सामाग्रीहरु […]

मध्यपुर ठिमीमा एकै परिवारका तीन जनाको रहस्यमय ढंगले मृत्यु

भक्तपुर- मध्यपुर थिमि नगरपालिका-९ निकोसेरामा एकै परिवारका ३ जना मृत फेला परेका छन् । ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त प्रमुख डीएसपी ऋषिराम कँडेलका अनुसार मृतकका भाइ सुनिल अधिकारी घरमा पुग्दा घरको दोश्रो तल्लामा […]

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना पोजेटिभ

भक्तपुर । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना पोजेटिभ भएको छ। ग्राण्डी अस्पतालमा आफू र श्रीमतीले कोरोनाको परीक्षण गर्दा आफूलाई कोरोना भएको उनले जनाएका छन्। उनले आफू हाल होम आइसोलेशनमा रहेकोसमेत बताएका छन्। उनले आफूमा कुनै लक्षण भने नभएको र स्वस्थ रहेको बताएका छन्। डिसी नेपाल

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

भक्तपुर । ८४ वर्षिय भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको सोमबार निधन भएको छ। वितग केही दिनदेखि कोमामा रहेका मुखर्जीको निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। प्रणवका छोरा अभिजित मुखर्जीले सोमबार ट्वीट गरेर आफ्ना बाबुको निधन भएको जानकारी दिएका छन्। मुखर्जीलाई कोरोनासमेत भएको थियो। उनको दिल्लीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको बेला उनिमा कोरोना पोजेटिभ पनिदेखिएको […]

हार्दिक श्रद्धाञ्जली ; राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन

भक्तपुर । राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेट जादा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार हुन् । उनले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख (प्रबन्धजस्ता अनेकौं विधा(उपविधाहरुमा निरन्तर कलम चलाउदै […]

मध्यपुरथिमि नगरपालिका भदौ ९ गते सम्म लकडाउन घोषणा

भक्तपुर – मध्यपुरथिमि नगरपालिका क्षेत्रभित्र समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि लकडाउन गरिएको छ । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा उपप्रमुख अञ्जनादेवी मधिकर्मी, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यसहितकोे आज साँझ बसेको आकस्मिक बैठकले मध्यपुर थिमि नगर क्षेत्र आगामी भदौ ९ गतेसम्मका लागि बन्दाबन्दी गर्ने निर्णय गरेको हो । नगरपालिका क्षेत्रभित्र हालसम्म ४१ जनामा कोरोना भाइरस सङ्क्रमण भएपछि […]

काठमाडौं प्रबेश गर्न खोज्ने १९ हजारलाई नाकाबाट फर्काइयो

भक्तपुर, सरकारले अनुमति बिना काठमाडौं प्रवेश गर्न खोज्ने १९ हजारभन्दा बढीलाई विभिन्न नाकाबाट फर्काएको छ। लकडाउन भएदेखि बिहीबारसम्म ७ हजार ६ सय ३५ गाडी र १९ हजार ४ सय ८३ जनालाई नाकाबाट फर्काइएको गृह मन्त्रालयले जनाएको हो । गृहमन्त्रालयका अनुसार अहिलेसम्म मास्क नलगाई हिँड्ने ४ लाख १९ हजार ५ सय ३८ जनालाई नियन्त्रणमा लिइएको छ। […]

नेपालमा एकै दिन ६ कोरोना संक्रमितको मृत्यु ; कुल ६० जनाले गुमाए ज्यान

भक्तपुर – नेपालमा एकै दिन ६ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । बुधबार मोरङ र पर्सामा २/२ जना, काठमाडौँमा १ जना र सप्तरीमा १ जना संक्रमितको मृत्यु पुष्टि भएको हो । पर्सामा मृत्यु भएका दुई जनामा कोरोना संक्रमण भएको बुधबार नै पुष्टि भएको छ । नेपालमा हाल तिब्र रुमा कोरोना सक्रमित बढी रहेको […]