भक्तपुर : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित गाउँ नजिकैको सुँ सामुदायिक वनमा लागेको आगलागीमा परेर एउटै घरका दाजुभाइसहित तीन बालहरु घाइते भएका हुन्। आगलागीमा परि घाइते हुनेमा १२ वर्षीय विवस बुढा, १३ वर्षीय समन्त बुढा र १० वर्षीय सुरज बुढा रहेको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए। दिउँसो वनमा गुच्ची च्याउ टिप्न गएको बेला उनीहरू […]
भक्तपुर -(राप्रपा) राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शनबाट संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आन्दोलनकारीहरुलाई उनले प्रहरीविरुद्ध उक्साउने काम गरेपछि शाहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई पछि नहट्न आग्रह गर्दै मुठभेड निम्त्याउने प्रयास गरेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिए ।
भक्तपुर स् संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको गाजा क्षेत्रमा युद्धविरामको माग गर्ने प्रस्तावमा शुक्रबार भएको मतदानमा भारतसहित १३ देशले भाग लिएनन् भने युद्धविराम हुनुपर्छ भन्दै २८ देशले पक्षमा मतदान गर्दा अमेरिका र जर्मनीसहित ६ देशले विपक्षमा मतदान गरे। परिषद्ले पाँचवटा प्रस्ताव पारित गरेको छ। यसमा गाजा पट्टीको घेराबन्दी हटाउन माग गर्ने प्रस्ताव पनि समावेश छ। संयुक्त […]
भक्तपुरस् सोमबार नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यालय अनामनगरमा नेताहरूबीच हात हालाहाल भयो । केन्द्रीय समितिको बैठकअघि आफूहरूमाथि आक्रमण भएको केन्द्रीय सदस्यहरू रमेश विश्वकर्मा, रामलाल डगौरा थारू लगायतले दाबी गरेका छन । टीकापुर नगरपालिकाका मेयर समेत रहेका थारूका अनुसार उनीहरूमाथि पार्टीका संरक्षक रेशमलाल चौधरीकै उपस्थितिमा कुटपिट भएको हो। पार्टीका अध्यक्ष ९रञ्जीता श्रेष्ठ चौधरी०ले बोलाएपछि मिटिङका लागि […]
भक्तपुर स्मृति पोख्रेल र राजन श्रेष्ठको स्वरमा रहेको गीत ‘दौरा चोली’ नामक गीतको भिडियो सार्वजनिक भएको छ । निर्भाना प्लसको ब्यानरमा सुपक अधिकारीको प्रस्तुति रहेको गीतको भिडियो सार्वजनिक भएको हो । स्मृतिकै शब्द र लय सिर्जना रहेको गीतको भिडियोमा केशव अधिकारीको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन, सुमन शंकरको शृंगार र शंकर अधिकारी ‘घायल’को निर्देशन छ। […]
वि.स. २०५६ सालमा स्थापना भएको धुलिखेल नगरपालिका वडा नं. ८ स्थित श्री विनायक बाल आधारभूत विधालयले आफ्नो स्थापनाको २५ औं वार्षिक उत्सव मनाएको छ । स्थापना देखि नै विधलय व्यवस्थापन समितिको अध्यक्ष रहेका चोला बहादुर गौतमको सभापति रहेको कार्यक्रममा माननीय संघीय प्रतिनिधि, सांसद सुर्यमान दोङ प्रमुख अथिती हुनुहुन्थ्यो भने धुलिखेल नगरपालिकाका प्रमुख,उपप्रमुख, वडा नं. ८ […]
भक्तपुर । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ। तीन वर्षमा सक्ने गरी सूर्यविनायक-साँगा र साँगा-धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको हो। सडक विस्तारका क्रममा बनेपा नगर र धुलिखेल नगरमा बिछ्याइएका खानेपानीका पाइप र ढल व्यवस्थापनमा कठिनाइ भएको छ। […]
भक्तपुर । हङकङमा जारी त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेट श्रृंखलाको फाइनलमा खेल नेपाल र पपुवा न्युगिनी (पी.एन.जी) आज्नदिउँसो पौने १२ बजे सुरु हुनेछ । मंगलबार भएको लिग चरणको अन्तिम खेलमा पपुवा न्युगिनीले हङकङलाई १० विकेटले हराउँदै नेपालसँगको फाइनल भिडन्त तय गरेको हो । त्यस्तै हिजै भएको पहिलो खेलमा नेपालले पीएनजीलाई ८५ रनले हराएको थियो । समुहका दुई […]
भक्तपुर – पिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस आज बिहान धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीबाट त्रिशूली नदीमा खसेको हो । नदिमा खसेको उक्त बसमा सवार घाइते यात्रुको उद्वार गरि उपचारका लागि गजुरी अस्पताल पठाइएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताएका छन । उद्धारका लागि विपद ब्यबस्थापन तालिम शिक्षालय […]
भक्तपुर। चितवन रत्ननगरको छात्रावासमा १४ वर्षया सालिना पोखरेलको मृत्यु प्रकरणमा प्रहरीलेप्रधानाध्यापक सहित ३ जनालाई पक्राउ गरेको छ । गएको शनिबार बिहान रत्ननगर स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा उनको झुण्डिएको अवस्थामा सव फेला परेको थियो । उनको मृत्यु भएपछि प्रहरीले ज्यानसम्बन्धी कसुरमा ३ जनालाई पक्राउ गरेको हो । प्रहरीले वडा नम्बर १० कै ६० […]