भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट उनकी पत्नी निकिता पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ।
न्यायाधीशहरू डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबारदेखि सुरु भएको सुनिवाइ बुधबार रोकिएको थियो भने आज त्यसले निरन्तरता पाएको छ। बुधबार न्यायाधीश सुवेदी संवैधानिक इजलासमा बस्नुपर्ने भएकोले यो रिटमाथि सुनुवाइ भएको थिएन । रविको रिटसँगै पूर्वडीआईजी छविलाल जोशीविरुद्धको रिट पनि साथमै राखेर सुनुवाइ भइरहेको छ । दुवै पक्षको बहस सकिए आजै आदेश आउने सम्भावना छ। सहकारी ठगी मुद्दामा लामिछाने हाल भैरहवा कारागारमा छन्।