भक्तपुर । तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाएकी रोशनी शाही मृत फेला परेकी छन्। सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने शाही आइतबार कोठा भित्रै मृत फेला परेकी छिन।
घटनास्थल पुगेर प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। अहिले सम्म मृत्युको कारण भने खुलेको छैन