भक्तपुर – अहिलेकी चर्चित गायिका एलिना चौहानको स्वरमा ‘चोर हो तिमी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। उक्त गीत हरि थापाको शब्द संगीतमा तयार भएको हो। गीतको भिडियो पुष्कर राउत,श्रृष्टि खड्का र बिना राउतले अभिनय गरेका छन्। सुरेश पाण्डेले निर्देशन गरेको यो भिडियोमा प्रेम, धोका र पारिवारिक सम्वेदनालाई चित्रण गरिएको छ। यस गीतको भिडियोमा बाल कलाकार युवन तिवारीको समेत अभिनय देख्न सकिन्छ। देव जोरीले छायांकन गरेको भिडियोमा देव महर्जनको द्वन्द छ भने अलिन बिष्ट प्युठानीले सम्पादन गरेका हुन् । भिडियोलाई मिरन कुमार पोखरेल निर्माण गरेका हुन्।