नबिन बिहिबार, साउन ०९, २०८२

भक्तपुर ।भारतबाट भागेर आएका दिदी बहिनी भक्तपुरमा एउटै डोरीमा झुडिएको अवस्थामा फेला परेका छन । सुर्खेतको पञ्चपुरी– ८ स्थायी घर भएका १७ वर्षीया मेनुका कँडेल र उनकी बहिनी १५ वर्षीया सिर्जना कँडेल बिहिबार बिहान झुडिएको अवस्थामा मृत भेटिएका हुन्। भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका– ८, बोडे सिन्टिटारस्थित एक घरमा दुईसाता अघि देखि डेरामा बस्दै आएका उनीहरू एउटै नाइलनको डोरीमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दियाे । प्यासेजमा रहेको फलामको डन्डीमा नाइलनको डोरी बाँधेर डोरीको दुई भागमा एक–एकजना झुन्डिएको अवस्थामा भेटिएका हुन्।

प्रहरीका अनुसार उनीहरूको परिवारको भारतको मुम्बईमा बस्दै आएका छन्। परिवारले उनीहरू हराएको भन्दै परिवारले प्रहरीमा उजुरी दिएकाे थियाे। प्रहरीले घटनास्थलबाट उनीहरूको मोबाइल बरामद गरेको छ। मोबाइलमा अन्दाजी गए राति २ बजेतिर टिकटकमा मरेर गए पनि नतोडिने बन्धन माया हो बोलको गीतमा टिकटक बनाउँदै त्यसमा डोरीको फोटोसमेत देखाएको भेटिएको छ। मृतक दिदीबहिनीका बुवा वासुदेव कँडेल मुम्बईबाट आजै आएपछि मात्र प्रहरीले शव उठाउने तयारी गरेको छ। मुम्बईबाट कम्प्युटर क्लास जान भनेर उनीहरू निस्किएको परिवारले जनाएको छ। परिवारले प्रहरीलाई यसबारे जानकारी गराएपछि अन्तिम लोकेशन भारतको गोरखपुर देखिएको थियो। त्यसपछि उनीहरू सम्पर्कविहीन थिए।