नबिन पन्त मंगलबार, साउन २१, २०८२

भक्तपुर – उत्तराखण्डको धरालीमा भीषण बाढीको कारण त्यहाँको खीर गंगा गाउँ नै बगाएको छ। भारतीय अखबार दैनिक भाष्करको अनलाइन संस्करणले भारतीय सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै जनाए अनुसार घटना मंगलबार दिउँसो १ः४५ बजे भएको हो। अहिले सामाजिक सञ्जालहरुमा घटनाका धेरै भिडिओ र तस्वीरहरू सार्वजनिक भइ रहेका छन्। उत्तरकाशीका प्रमुख जिल्ला अधिकारी प्रशान्त आर्याले अहिलेसम्म ४ जनाको मृत्युको खबर आएको र ५० भन्दा बढी हराइरहेको दैनिक भाष्करलाई बताएका छन्। धेरै मानिसहरू बगेको आशंका गरिएको छ। धराली गाउँ देहरादूनबाट २१८ किलोमिटर र गंगोत्री धामबाट १० किलोमिटर टाढा पर्छ। उद्धार टोली सँगै सेना पनि घटनास्थलमा पुगेको छ।
धराली बजार पूर्ण रूपमा ध्वस्त भएको सार्वजनिक भिडियोमा प्रष्ट देख्न सकिन्छ । पछिल्लो २ दिनदेखि त्यहाँभारी वर्षा भइरहेको थियो।