नबिन शुक्रबार, साउन ३१, २०८२

भक्तपुर । रुपन्देही कारागारमा रहेका रास्वपा सभापति तथा पुर्वगृह मन्त्री रवि लामिछानेलाई नक्खु कारागार सरुवा गरिने भएको छ। हाल पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका लामिछानेले कारागार सरुवाका लागि निवेदन दिएका थिए। उनले निवेदन दिएपनि यसअघि सरुवाको निर्णय भने भएको भए पनि लामो समय सम्म पनि उनको सरुवा भएको थिएन। आज
कारागार विभागले उनलाई सरुवा गर्ने निर्णय गरेर रुपन्देही कारागारलाई पत्राचार गरेको छ। गृहमन्त्रालयको निर्देशन पछि विभागले उक्त निर्णय गरेको हो। योसँगै अब रुपन्देही कारागार र प्रशासन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर लामिछानेलाई नख्खु कारागारमा पठाउनेछ।