नबिन पन्त आइतबार, भाद्र २२, २०८२

भक्तपुर । निजामती कर्मचारीहरूले आज देशभर विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाउँदै छन्। २२ भदौ २०१२ नेपालमा पहिलो पटक मा निजामती सेवासम्बन्धी ऐन जारी भएको दिनलाई अवसर पारेर २०६१ सालपछि हरेक वर्ष नेपालमा निजामती सेवा दिनव मनाउन थालिएको हो। निजामती कर्मचारीहरूले आज सिंहदरबारस्थिति संसद भवनअघिबाट प्रभात फेरी निकाल्दै छन्। प्रभातफेरी भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा पुगेर मूल समारोहमा परिणत हुने छ। आजकै दिन अघिल्लो वर्ष उत्कृष्ट काम गरेका कर्मचारीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित समेत गर्दै छन्। त्यसरी सम्मानित हुनेमा उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जनालाई एक लाख रुपैयाँको दरले सम्मान गर्न लागिएको छ,भने निजामती सेवा पुरस्कारबाट ३० जनालाई ५० हजार राशिको दरमा सम्मानित हुने छन्।