भक्तपुर – काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा थप एक जना घाइतेको मृत्यु हुँदा मृत्यु हुनेको संख्या १८ पúेको छ । सोमबार दिउँसो भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर थप एक जनाको मृत्यु भएको केएमसी अस्पतालका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले जानकारी दिए। उनका अनुसार तीन जना गम्भीर घाइते भएका थिए। त्यसमध्ये दुई जनाको मृत्यु भएको छ भने एक जनाकोउपचार जारी रहेको छ। ‘गोली लागेर आएका तीन जना थिए। त्यसमध्ये दुई जनाको मृत्यु भएको हो,’ दाहालले भने, ‘अहिलेसम्म ३४ जना घाइते हुनुहुन्छ। उपचार जारी छ। विवरण लिँदैछौं।’ केएमसीमा २, सिभिल अस्पतालमा ३, ट्रमा सेन्टरमा ७, टिचिङ अस्पतालमा १, एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको छ।