नबिन पन्त सोमबार, भाद्र २३, २०८२

भक्तपुर । गृहमन्त्री लेखकले राजीनामा दिने भएका छन् । नेपाली कांग्रेस पदाधिकारी बैठकमा गृहमन्त्रीले सोमबारको आन्दोलनमा अकल्पनीय मानवीय क्षति भएको भन्दै नैतिकताका आधारमा राजीनामा दिने जानकारी गराएका हुन्। स्वास्थ्य मन्त्रालयका अनुसार जेन(जी प्रदर्शनमा १९ जनाको मृुत्यु भएको छ भने ३४७ जना घाइते छन्। विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ