नबिन पन्त सोमबार, भाद्र २३, २०८२

भक्तपुर —गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् । बैठकमा सहभागी एक मन्त्रीका अनुसार गृहमन्त्री नैतिकताका आधारमा राजीनामा दिएका हुन्। सोमबार जेन-जीको प्रदर्शनमा काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु र ४ सयभन्दा बढी घाइते भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका हुन् । कांग्रेस पदाधिकारी बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेका थिए । कांग्रेस सभापति देउवा भने त्यस बिषयमा मौन रहे गृहमन्त्री लेखकले राजीनामा दिने जानकारी गराएर त्यहीँबाट मन्त्रिपरिषद् बैठकमा गएका थिए । लेखक २०८१ साल असार ३१ मा गृहमन्त्री बनेका थिए ।