भक्तपुर — प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा प्रदर्शनकारीद्धारा आगजनी गरिएको छ । ओलीको निवासमा आगजनी गर्नका लागि प्रदर्शनकारी मंगलबार बिहानैदेखि बालकोट पुगेका थिए । प्रहरीले रोक्दा पनि प्रदर्शनकारी फर्किएका थिएनन् । उनीहरूले ओलीको घरमा आगजनी गरेका हुन् । बालकोटमा ओलीका दुईवटा घर थिए । ती घरमा जेनजी प्रदर्शनकारीले आगजनी गरेका हुन् । जेनजी आन्दोलनमा मंगलबार प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो भने चार सयभन्दा बढी घाइते भएका थिए ।