नबिन पन्त शनिबार, आश्विन ०४, २०८२

भक्तपुर — अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले समितिको शनिबार बसेको बैठकबाट विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा बसोबास गर्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूबाट दसैं टीकाको साइतबारे जिज्ञासा राखिएकाले तिथ्यादिको स्थानीयमानअनुसार सम्बन्धित देशको स्थानीय समयअनुसार शुभ साइत सार्वजनिक गरिएको समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले बताए । समितिले नेपालका लागि असोज १६ गते बिहान ११ः५३ बजे, भारतका लागि सोही दिन अर्थात् २ अक्टोबरका दिन ११ः४९, न्युयोर्क अमेरिकाका लागि अक्टोबर १ का दिन बिहान ११ः२५, टेक्सासका लागि अक्टोबार ११:३३, फ्र्याङ्कर्फट केन्टुकी अमेरिकाका लागि बिहान ११ः५७, वोवेन्स्वोरो केण्टुकी अमेरिकाका लागि अक्टोबर ११ः०५, , वासिङ्गटन डिसीका लागि ११:३५, क्यालिफोर्नियाका लागि बिहान ११:११, कोलोराडोका लागि ११:२९ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष प्रा डा माधव भट्टराईले जानकारी दिए । यसैगरी, टोरेण्टो क्यानडाका लागि १ अक्टोबरका दिन बिहान ११स्५५, भ्यानकुभरका लागि ११स्३३, टोकियो जापानका लागि २ अक्टोबरका दिन बिहान ११स्३१, सिड्नी अष्ट्रेलियाका लागि २ अक्टोबरका दिन बिहान ११:४३, मेलबर्न अष्ट्रेलियाका लागि सोही दिन बिहान ११:१९, एडिलेटका लागि ११:३५, क्यानबेराका लागि ११:५१, व्रीसवेन अष्ट्रेलियाका लागि बिहान ११:५३, तास्मानियाका लागि ११:४५, पर्थका लागि ११:२५ र डार्बिन अष्ट्रेलियाका लागि बिहान ११:४७ बजेको साइत शुभ रहेको छ । यस्तै, बेलिङ्गटन न्यूजिल्यान्डका लागि २ अक्टोबरका दिन बिहान ११:२३, पेरिस, फ्रान्सका लागि बिहान ०९:५७, नर्वेको ओस्लोका लागि बिहान १०:०३, लिस्बन पोर्चुगलका लागि सोही दिन बिहान ०९:२३, लण्डन बेलायतका लागि बिहान ०९:१७,  क्वालालम्पुर मलेसियाका लागि बिहान ११:११, अवुधावी युएइका लागि बिहान १०:५५, दोहा कतारका लागि बिहान १०:१३, बैंकक थाइल्याण्डका लागि बिहान १०:४५, सियोल दक्षिण कोरियाका लागि बिहान १०:५७, तेल अभिभ इजरायलका लागि बिहान ११:३५, सिङ्गापुरका लागि बिहान ११:०९, हङकङका लागि बिहान ११:४५, साउदी अरेबियाका लागि बिहान १०:५५, याङ्गून म्यानमारका लागि बिहान १०:२७, जेनेभा स्विट्जरल्याण्डका लागि बिहान १०:२५ र माल्टाका लागि बिहान १०:५५ बजेको साइत स्थानीय समय अनुसार शुभ रहेकाले प्रकाशन गरिएको समितिका उपसभापति प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।