भदौ २६ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘अक्षरा’को तीज गीत ‘नाचौन बरिलै’ सार्वजनिक गरिएको छ । गीतमा समीक्षा अधिकारीले स्वर रहेको गीतमा शब्द सुरेन्द्र रानाको छ भने संगीत कर्णराज गिरीले दिएका छन् । गीतको भिडियोमा फिल्मका मुख्य अभिनेत्रीद्वय न्यान्सी खड्का र रिस्ता अधिकारीले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । काठमाडौंको गोकर्णेश्वरस्थित उत्तरवाहिनी मन्दिरमा छायांकन गरिएको गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् ।
विनयराज पौडेलको डेब्यू निर्देशनमा बनेको यस फिल्ममा रिस्ता र न्यान्सीसहित सुशील सिटौला, सुशील पोखरेल, पुष्कर राउत, गीता अधिकारी, उत्तम केसी, अंशु महर्जन, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने, सृष्टि खड्का, रोनक खड्का, प्रीसा ढुङ्गाना, त्रिलोचन न्यौपानेलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ ।
सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको फिल्ममा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माताको रूपमा छन् । कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन् । फिल्ममा उग्रसेन ढुङ्गानाको कथा, अभिमन्यु निरवी र विनयराज पौडेलको पटकथा तथा संवाद, दिपेन बस्न्यातको छायांकन तथा गौतमराज खड्काको सम्पादन रहेको छ