नबिन पन्त मंगलबार, भाद्र ०२, २०८३

आगामी मार्च १४ ९३० फागुन०मा अमेरिकामा आयोजना हुने ९९औँ एकेडेमी अवार्ड्स (ओस्कार) का लागि नेपालको छनोट समितिले फिल्मको आवेदन माग गरेको छ । मंगलबार एक सूचना जारी गर्दै समितिले ओस्कारको सम्पूर्ण मापदण्ड पूरा गरेका नेपाली फिल्महरूलाई यही भाद्र २२ गते ९सेप्टेम्बर ७, २०२६० अगावै आवेदन दिन आह्वान गरेको हो । ओस्कारको प्रतिस्पर्धामा सहभागी हुनका लागि फिल्मले केन्द्रीय चलचित्र जाँच समिति ९सेन्सर बोर्ड०बाट प्रदर्शनका लागि अनुमति पाएको हुनुपर्ने छ भने २०८२ असोज १५ ९१ अक्टोबर २०२५०देखि २०८३ असोज १४ ९३० सेप्टेम्बर २०२६०भित्र हलमा सार्वजनिक प्रदर्शन भएको हुनुपर्नेछ । फिल्म लगातार कम्तीमा सात दिनसम्म हलमा प्रदर्शन भएको हुनुपर्ने पनि ओस्कारको प्रावधानमा छ । छनोट समितिले बताए अनुसार अमेरिका र यसका भूभागबाहेक अन्य देशका हलमा टिकट काटेर लगातार सात दिन ( एकहप्ता) प्रदर्शन भएका फिल्मलाई पनि ओस्कारमा मान्यता दिइनेछ । त्यस्तै यदि यो सर्त पूरा नभएको खण्डमा, फिल्मले ओस्कारले तोकेका विभिन्न आधिकारिक अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरू ९बर्लिन, कान्स, टोरोन्टो आदि०मा ‘क्वालिफाइङ अवार्ड’ जितेको हुनुपर्नेछ । त्यस्तै, समितिले निकालेको बिज्ञाप्तीमा फिल्मका निर्देशक, लेखक वा निर्मातामध्ये कम्तीमा एकजना नेपाली नागरिक अनिवार्य हुनुपर्ने र फिल्ममा नेपाली परिवेश झल्किएको हुनुपर्ने सर्त राखिएको छ । फिल्ममा अनिवार्य रूपमा अङ्ग्रेजी सब-टाइटलसहित ५० प्रतिशतभन्दा बढी संवाद नेपाली भाषामा पनि हुनुपर्नेछ । छनोटमा परेको खण्डमा फिल्मले ओस्कारको प्राविधिक मापदण्ड समेत पूरा गर्नुपर्ने जनाइएको छ । ओस्कारमा नेपाली फिल्मले ‘बेस्ट फरेन ल्याङ्ग्वेज’ (गैर-अंग्रेजी भाषी फिल्म)मा प्रतिस्पर्धा गर्न पाउँछन् । गत वर्ष मिलन चाम्सको निर्देशनमा बनेको बायोपिक फिल्म ‘अञ्जिला’ नेपालको तर्फबाट ओस्कारमा छनोट भएको थियो । त्यसअघि ‘शाम्बाला’, ‘हल्कारा’, ‘ऐना झ्यालको पुतली’, ‘बुलबुल’ जस्ता फिल्मले ओस्कारमा नेपालको प्रतिनिधित्व गरेका थिए ।