

असोज ३० गतेबाट प्रदर्शनमा आउन लागेको एक्सन फिल्म ‘१२ गाउँ २’को दोस्रो गीत ‘लालीगुराँस’ सार्वजनिक गरिएको छ । युग भुसालको शब्द तथा संगीत रहेको गीतमा शिव परियार र भारतीय गायिका सरोदी कुमार ९बोरा०को स्वर रहेको छ । रामजी लामिछानेको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा समीर भट्ट र कृशु शाही रोमान्टिक अवतारमा देखिएका छन् । महेश पौडेलको छायांकन तथा बन्दे प्रसादको सम्पादन रहेको भिडियोमा हिमाली र पहाडी भूगोलका प्राकृतिक दृश्यलाई आकर्षक ढंगले कैद गरिएको छ । विराज भट्टको निर्देशनमा बनेको यस फिल्ममा उनी स्वयं पनि मुख्य भूमिकामा छन् भने अनुप विक्रम शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, नेहा आरएल शाह, पूर्णबहादुर गन्धर्व, साहिल सिंह ठकुरीलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । फिल्मकी निर्माता सरस्वती भट्ट हुन् । फिल्ममा महेश पौडेलको डीओपी, राम केसी र राजु लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, सन्तोष सरकारको लेखन, स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन, कालाचरणको पार्श्व संगीत ९बीजीएम० तथा गीता गुरप्पाको ध्वनि संयोजन रहेको छ ।