

कात्तिक ६ गतेबाट प्रदर्शन आउन लागेको फिल्म ‘कबड्डी ५’को टिजर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको कथावस्तुबारे जानकारी गराइएका छन । अघिल्ला श्रृंखलाझैँ यसपटक पनि फिल्मको कथा काजी पात्रमै केन्द्रित हुने टिजरबाट प्रस्ट हुन्छ ।
टिजरको सुरुवातमै काजीको विवाह भइसकेको देखाइएको छ । अर्थात् यसपटक काजीको दौडधुप सोल्टिनीका लागि हुने छैन भन्ने सार्वजनिक गरिएको तिजरले बताएको छ । टिजरमा विपिन कार्की र रिश्मा गुरुङ (मैयाँ) को प्रवेशले कथामा नयाँ ट्वीस्टको संकेत गरेको छ ।
रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्ममा दयाहाङ, मिरुना मगर, विपिन कार्की, रिश्मा गुरुङ र सिर्जना गुरुङ सहित विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, विष्णु मोक्तान, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) निर्मातामा छन् । सागर राज कार्यकारी निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन छ