नबिन पन्त बुधबार, आश्विन ०७, २०८३

असोज ३१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘छ माया छपक्कै २’ को पहिलो गीत सार्वजनिक गरिएको छ। चलचित्रको शीर्ष गीत ‘माया छपक्कै’ सार्वजनिक भएसँगै निर्माण पक्षले प्रचार अभियानलाई समेत तीव्र बनाएको छ। गीतमा करण परियार, अभि सुनार, विशाल निरौला र रश्मी विश्वकर्माको स्वर रहेको छ। गीतका शब्द तथा संगीत अभि सुनारले तयार पारेका हुन् भने विशाल निरौलाले संगीत संयोजन गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ रञ्जन राईले गरेका छन्। गीतमा सनाई, बाँसुरी, रिदम तथा गिटारलगायतका वाद्यवादन प्रयोग गरिएको छ। सार्वजनिक गीतमा चलचित्रका प्रमुख कलाकार दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराईल, रियान,प्रकाशगायतलाई प्रस्तुत गरिएको छ। चलचित्रमा दीपकराज गिरीले ‘राजा’ नामको केन्द्रीय पात्रको भूमिका निर्वाह गरेका छन्। चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् भने कथा तथा पटकथा दीपकराज गिरीको रहेको छ।