नबिन पन्त शुक्रबार, आश्विन १६, २०८३

निर्देशक लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘सिन्दूर’को मुहूर्तसँगै छायांकन समेत सुरु गरिएको छ । एक महिनाको तालिकामा दाङ क्षेत्रमा फिल्मको छायांकन हुने जनाइएको छ । कस्तुरी प्रोडक्सन र क्लासिक सिने यूनिभभर्सको सहकार्यमा निर्माण हुने फिल्ममा पुष्प खड्का र प्रशंसा रायमाझीको मुख्य भूमिका रहनेछ । ‘चिरञ्जीवी भवः’बाट फिल्ममा डेब्यू गरेकी मोडल तथा इन्फ्लुएन्सर प्रशंसाको यो दोस्रो फिल्म हो ।सञ्जीव सार्कीको लगानीमा बन्ने फिल्ममा दिनेश सिंह महरा कार्यकारी निर्मातामा छन् । फिल्ममा संकल्प भुजेलको छायांकन, प्रशान्त सिवाकोटी, श्रीकृृष्ण बम मल्ल र दिनेश ढकालको संगीत तथा रामजी लामिछानेको नृत्य निर्देशन रहनेछ । फिल्मले विवाहित महिलाका लागि सिन्दूरको महत्त्व कति छ भन्ने कथालाई उठान गर्ने जनाइएको छ ।