

दुई दशकअघिको निर्देशक शोभित बस्नेतको सुपरहिट फिल्म ‘अग्नि पथ’को चर्चित गीत ‘हजुरबाले भनेथे’ नाममा फिल्म बन्ने भएको छ । शोभित आफैँले उक्त नाममा फिल्म निर्माण गर्न लागेका हुन् । सुरेश न्यौपानेले निर्देशन गर्ने फिल्ममा नीर शाहलाई मुख्य भूमिकामा अनुबन्धित गर्दै आइतबार घोषणा गरिएको हो । फिल्ममा शाहले हजुरबुबाको भूमिकामा अभिनय गर्नेछन् । फिल्मका अन्य कलाकार र प्राविधिकबारे तिहारपछि जानकारी गराइने निर्देशक बस्नेतले बताए ।
आगामी माघमा छायांकन सुरु गर्ने लक्ष्य राखिएको फिल्ममा कृष्ण थापा, बन्धुराज वाग्ले, रोमिन पिया र समीर शाही प्रस्तुतकर्ताका रूपमा छन् । निरोज श्रेष्ठ निर्माता रहेको फिल्ममा नवीन घायल कार्यकारी निर्माता तथा हिमाल भण्डारी सह−निर्मातामा छन् । फिल्मको अस्ट्रेलियामा ६० प्रतिशत र जुम्लामा ४० प्रतिशत छायांकन हुनेछ ।