भक्तपुर – दुई जना युवाको कुटपिटबाट घाइते भएका सल्यानका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।जिल्लाको बागचौर नगरपालिका – ७ कोटबाराका २० वर्षीय घनश्याम वलीमाथि बागचौर– ८ स्यालाका २५ वर्षीय केशर वली र २३ वर्षीय सन्तोष वलीले कात्तिक ४ गते कुटपिट गरेका थिए। घाइते घनश्यामको उपचारका क्रममा बुधबार बिहान भारतको लखनउमा मृत्यु भएको खबर आएको […]
भक्तपुर– गत असोज २७ गते सोलुखुम्बुमा दुर्घटनामा परेका मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईंको निधनभएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट सेढाईंलाई काठमाडौंको ह्याम्स अस्पताल ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि मुम्बई लगिएको थियो। मुम्बईको नेसनल बर्न सेन्टरमा उपचाररत उनको निधन भएको मनाङ एयरले एकविज्ञप्ति मार्फत् बताएको छ। मनाङ एयरले मंगलबार निधनको पुष्टि […]
यस वर्ष दसैं टीकाको साइत उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको टीका साइत सार्वजनिक गरेको हो। कात्तिक ७ गते विजया दशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न भने दिनभर कुनै बाधा नभए भएता पनि साइत खोज्नेका लागि […]
काठमाडौंको गौशालामा गोली प्रहारबाट एक जना घाइते भएका छन्। सोमबार गौशालामा एक जनामाथि गोली प्रहार भएको प्रहरी स्रोतले बताएको छ । गोली प्रहारबाट घाइते भएका व्यक्तिलाई सिनामंगल स्थित काठमाडौं मेडिकल कलेज लगिएको छ। घाइतेको खुट्टामा चोट लागेको छ। उक्त घटनामा घाइते हुनेको परिचय खुल्न भने बाँकी छ। गोली प्रहार गर्ने व्यक्तिले चुप्पी र कटुवा पेस्तोल […]
काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा डाक्टरमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। आइतबार दिउँसो केएमसी अस्पतालमा कार्यरत डा. मनिष खड्कामाथि कुटपिट भएको हो। उनीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए। पक्राउ पर्नेमा गुल्मी घर भई काठमाडौंको चाबहिल बस्ने २२ वर्षीय रूपक गौतम र सिनामंगल […]
भक्तपुर। नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई सहज बनाउनको लागि चार स्थानबाट दर्शन गराइने व्यवस्था भएको छ । पशुपति विकाश कोषले यस वर्षको तीज पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनहरुका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गर्न लागेका हो । तीजको तयारीका लागि शुक्रबार कोषले […]
बझाङमा दुई नाबालिगमाथि सामूहिक बलात्कार भएको घटना बाहिरिएको छ। मष्टा गाउँपालिका–१ रनाडा रुपदेउली टोलका दुई बालिकाहरु माथि करणी गरेर सोही ठाउँका तीन किशोर फरार भएका छन्। दुबै नाबालिकालाई करणी गर्ने किशोरहरू पनि नाबालक भएको प्रारम्भकि अनुसन्धानबाट खुलेकोले नाम नखुलाएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेश चौधरीले बताए। पीडित बालिकाको स्वास्थ्य परीक्षण गरेर […]
भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा अध्यक्ष एवं एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धाञ्ज्ली अर्पण गरेका छन् । अहिले नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा च्यासलमा राखिएपछि ओलीले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जजली अर्पण गरेका हुन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी च्यासल पुगेर नेपालको झण्डा ओढाएर नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरिन्। […]
भक्तपुर सोमबार राति हृदयघातका कारण निधन भएका संविधान सभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट नेकपा ९एमाले० को केन्द्रीय कार्यालय च्यासल ल्याउन लागिएको छ। त्रिवि शिक्षण अस्पतालमा अहिले विभिन्न दलका नेताहरू, एमालेका कार्यकर्ता र नेम्वाङका शुभेच्छुकको बाक्लो उपस्थिति छ। हृदयघात भएका नेम्वाङलाई सोमबार राति नै अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका […]
भक्तपुर । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनले आफू मर्माहत भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। मंगलबार बिहानै हृदयघातका कारण नेम्वाङको निधन भए लगत्तै ट्वीट गर्दै प्रधानमन्त्री प्रचण्डले आफू मर्माहत भएको बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले ट्वीटमा लेखेका छन्, ‘संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु।’ प्रधानमन्त्री प्रचण्डले नेम्वाङप्रति […]