काठमाडौं क्षेत्र न. ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीको सुरुवाती अग्रता

भक्तपुर । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको देशका विभिन्न स्थानबाट मतगणनाको प्रारम्भिक नजिता आउने क्रम जारी छ। मत गणना भएका धेरै ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टी आक्रमक रुपमा आएको छ। यसैबीच काठमाडौं क्षेत्र नम्बर ७ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १७७ मत पाएको छ। यसैगरी पानीको जार चुनाव […]

भक्तपुर क्षेत्र नं २ मा कांग्रेस अग्रता, महेश बस्नेत छ सय मतान्तरले पछि

भक्तपुर । भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ। मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालिक केन्द्रमा सुरु भएको मतगणनामा अहिलेसम्म प्रतिनिधिसभातर्फ कांग्रेसले नेकपा (एमाले)का उम्मेदवारलाई पछाडि पार्दै अग्रता लिएको हो। गठबन्धन तर्फबाट उम्मेदवार बनेका कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले एमालेका उम्मेदवार महेश बस्नेतलाई ६०० मतान्तरले अग्रता लिएका छन्। मध्यपुरथिमि नगरपालिका-३ […]

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रकै मतपेटिका संकलन सुरु (फोटोफिचर)

भक्तपुर । आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौंका १० वटा निर्वाचन क्षेत्रका ७ सय ६७ वटै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सकिएको छ । मतदान सम्पन्न भएसँगै १० वटै निर्वाचन क्षेत्रको मतपेटिका संकलन कार्य सुरु भएको छ । काठमाडौंका १० स्थानमा मतगणना हुने भएको छ । काठमाडौंका १० वटै क्षेत्रको मतगणना अलग-अलग स्थानमा हुने […]

गस्तीमा रहेको नेपाली सेनाको पिक अफ भ्यान दुर्घटनामा

भक्तपुर । गस्तीमा रहेको नेपाली सेनाको पिक अफ भ्यान बाँकेको कोहलपुरमा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सुरक्षामा खटिएको प्रदेश ३ –०१–००२ झ ५११२ नम्बरको पिक अफ भ्यान सम्झना चोकबाट कोहलपुरतर्फ जाँदै गर्दा कोहलपुर ४ स्थित किरणनालामा अनियन्त्रित भई पल्टिएको हो । सो दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको बाँकेका प्रहरी उपरीक्षक […]

बाजुरामा गोलि चल्दा १ को मृत्यु १ घाइते

भक्तपुर । बाजुरमा मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा गोली चल्दा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिका-७ मा १ जनाको मृत्यु भएको बाजुरा प्रहरीले जानएको छ । घाइतेको नेपाली सेनाको हेलिकप्टरले उद्दार गरी अस्पताल लगिएको छ ।    

काठमाडौंका सडक सुनसान, पासविनाका सवारी दिनभर होल्ड

भक्तपुर । देशभर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आज मतदानको दिन हो । मतदानको दिन सवारी साधन सञ्चालनमा गृह मन्त्रालयले रोक लागेको छ । जसले गर्दा निकै व्यस्त रहने देशको राजधानी काठमाडौंका सबै स्थानका सडकहरु यतिबेला भने सुनसान देखिएका छन् । गृह मन्त्रालयले आज बिहान सात बजेदेखि बेलुका मतदान नसकिँदासम्म पासविनाका सवारी साधन चलाउनमा रोक लगाएको […]

द राइजिङ स्टार बोर्डिङ द्वारा बाल साहित्यकार सम्मानित

भक्तपुर – द राइजिङ स्टार बोर्डिङ स्कुलले बाल साहित्यकार सम्मान कार्यक्रम सम्पन्न गरेको छ । ‘राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह सम्मान २०७९’ नाम दिइएको कार्यक्रम आज मंगलबार सम्पन्न भएको हो । स्कुलका प्रिन्सिपल कृष्ण कुमार बोहराको अध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठान बाल साहित्य विभाग प्रमुख प्राध्यापक डा. देवी नेपालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा […]

पत्रकार सरोजराज अधिकारी काठमाडौंको सुन्धाराको एक होटलमा मृत फेला

भक्तपुर – पत्रकार सरोजराज अधिकारी काठमाडौंको सुन्धाराको एक होटलमा झण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहोराले बताएका छन् । पत्रकार अधिकारी कात्तिक २१ गतेदेखि घरबाट निस्केका थिए भने उनकी पत्नीले बुधबारमात खोजीको माग गरेर प्रहरीमा निवदेन दिएकी थिइन् । होटलमा अधिकारी पंखामा झुन्डिएको अवस्थामा मृत फेला परेको एसएसपी बोहराले बताएका […]

यो बर्ष प्रियंका र साम्राज्ञीको २-२ फिल्म नजले करियर संकटमा

भक्तपुर – नेपाली फिल्मले यो ७ महिनामा सुखद व्यापार गरिरहेको अवस्थामा अब रिलिज हुन लागेका फिल्मले कस्तो व्यापार गर्छन् भन्ने अनुमान हुन थालेको छ । मंसिर महिना भरी सुस्ताएका निर्माताहरु पौष महिनाबाट भने फेरि जुरमुराउनेछन् । यहि बर्ष नेपाली फिल्म क्षेत्रका २ नायिकाको २–२ वटा फिल्म रिलिज हुँदैछ । कुनै समयकी नम्बर १ नायिका भनेर […]

सन्दिप लामिछाने प्रकरणः पीडित किशोरीको बयानमा के छ ?

भक्तपुर। नाबालिका बलात्कार अभियोगमा क्रिकेटर सन्दीप लामिछाने विरुद्ध १० देखि १२ वर्ष कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछाने विरुद्ध मुद्दा दर्ता गरेको हो। लामिछाने विरुद्ध अदालतमा मुद्दा दर्ता भएसँगै सोमबारदेखि नै थुनछेकको बहस सुरू भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा […]