Fursad Times शुक्रबार, जेठ ०७, २०७८

भक्तपुर – एमाले नेता योगेश भट्टराईले शुक्रबार आफूले राजनीतिक जीवनकै कठिन निर्णय लिएको फेसबुक मार्फत बताएका छन्। माधव नेपाल निकट भएता पनि शुक्रबार उनले काँग्रेस सभापति शेरबहादुर देउवाको समर्थनमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए।

भट्टराईले फेसबुकमा लेख्दै भनेका छन ‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज। नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सहि गरेंकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु।’