Fursad Times बिहिबार, साउन ०७, २०७८

भक्तपुर – केही समय देखि आन्तरिक द्वन्दमा फसेको नेकपा एमालेभित्र पार्टी एकताका लागि दबाब बढ्दै गएपछि अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका छन् । केपि शर्मा ओलिले पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्ने क्रममा नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको बताएका हुन् ।

केहि दिन अघि मात्रै प्रधानमन्त्री पदबाट हटेका ओलिले सर्वोच्च अदालतले २०७७ फागुन २३ मा एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काइदिएबमोजिम एकताका लागि हदैसम्म लचिलो हुन तयार रहेको बताए । ‘माधव नेपालले मिल्ने हो भने दोस्रो अध्यक्ष दिने हो । ओली पक्षको तीन दिनदेखि जारी केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांशले पार्टीलाई विभाजन गर्न दिनु हुँदैन भन्ने आवाज उठाएका थिए ।

त्यस्तैमा नेपाललाई पनि पार्टी एकताका लागि दबाब बढेको छ । नेपालले बुधबार आफू निकटका नेतासँग छलफल गरेको छलफलका त्यसक्रममा पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरू मुकुन्द न्यौपाने र रघुजी पन्तले आफ्ना धारणा राखेका थिए । नेपालले पनि आफू सम्मानजनक एकताका पक्षमा रहेको बताएका थिए ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।