भक्तपुर – सेयर कारोबार मापक नेप्से परिसूचक ४१.७८ अंकले घटेको छ । १.४५ प्रतिशतले नेप्से घटेपछि २८ सय ३३ दशमलव ५७ विन्दुमा ओर्लिएको छ । सोमबार नेप्से २८६५ विन्दुमा बन्द भएको थियो । कारोबारमा आएकामध्ये ४६ कम्पनीको सेयर मूल्य बढ्दा २०४ कम्पनीको मूल्य भने घटेको छ । कारोबार समयावधि भर १ लाख ३० हजार ९५३ पटकको किनबेचबाट रु.२ करोड २२ लाख ७ हजार १४२ कित्ता सेयर किनबेच भयो । सोमबारको तुलनामा मंगलबार कारोबार रकम घटेको छ । कुल ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार १० अर्ब ८२ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । समाज लघुवित्त र उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्यो । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेपछि सर्किट ब्रेक लाग्यो ।