भक्तपुर। पार्टी विभाजन गरे महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पतर्टीबाटै निष्कासन गरिने नेपालील कांग्रेसका नेता श्यामकुमार घिमिरेले चेतावनी दिएका छन्। उनले मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै यदि उनीहरुको कारण पार्टी विभाजन हुने अवस्थामा पुगे सबैभन्दा ठूलो क्षति उनीहरूले बेहोर्नु पर्ने चेतावनी समेत दिएका हुन्। साथै सञ्चारकर्मीहरूसँग बोल्दै यदि पार्टी विभाजनको बाटोमा जाने हो भने उहाँहरूले चुनाव पनि गुमाउनुहुन्छ, पार्टी पनि। पार्टी फुटाएर गएपछि महाधिवेशनमा भाग लिन पाउनुहुन्न। त्यसकारण मलाई विश्वास छ उहाँहरू सहमतिमा आउनुहुन्छ,