नबिन पन्त मंगलबार, पौष २९, २०८२

भक्तपुर । नेपाली कांग्रेसभित्र जेनजी आन्दोलन पछि बढदै गएको विवादको समाधानका लागि बसेको समूहबीच सहमति जुट्न नसकेपछि बैठकलाई केहि समयका लागि स्थगित गरिएको छ। विशेष महाधिवेशन चलिरहेको बेला बसेको वार्तामा सभापति शेरबहादुर देउवाको राजीनामा मागेपछि बैठक स्थगित भएको हो। दáैसमूहबीच अन्य कुनै पनि विषयमा विवाद नदेखिएको भएत पनि देउवाको राजीनामाको विषयमा विवाद देखिएको बैठकमा सहभागी नेताले जानकारी दिएका छन्। नेतृत्वले राजीनामा गर्ने वा राजनीति छोड्ने भन्ने महाधिवेशन विशेष पक्षको मागमा कुरा नमिल्दा संवाद रोकिएको हो। वार्तामा विशेष महाधिवेशनको पक्ष (गगन-विश्व०) बाट प्रदीप पौडेल, मधु आचार्य, देवराज चालिसे र गुरुराज घिमिरे सहभागी छन्। सभापति शेरबहादुर देउवाको पक्षबाट बालकृष्ण खाण र रमेश लेखक सहभागी भएको वार्तामा शेखर कोइरालाको समूहबाट सहमहामन्त्री जीवन परियार सहभागी छन्।