नबिन पन्त सोमबार, जेठ ११, २०८३

काठमाडौं – Rotary Club of Kathmandu द्वारा आयोजित “Mind Matters: A Holistic Approach to Mental Wellbeing” नामक मानसिक स्वास्थ्य सचेतना कार्यक्रम भव्य तथा अत्यन्त प्रभावकारी रूपमा सम्पन्न भएको छ। वर्तमान समयमा समाजमा विभिन्न किसिमका मानसिक समस्याहरु देखा परि रहेका अवस्थामा  समाजमा मानसिक स्वास्थ्यबारे जागरण फैलाउने उद्देश्यले आयोजित उक्त Mental Health Symposium ले सहभागीहरूलाई सकारात्मक ऊर्जा, प्रेरणा तथा उपयोगी ज्ञान प्रदान गरेको थियो।

कार्यक्रम Rotary Club of Kathmandu का अध्यक्ष राजेन्द्र गौतमको कुशल नेतृत्वमा सम्पन्न भएको हो। कार्यक्रममा मानसिक स्वास्थ्य, मनोवैज्ञानिक सन्तुलन, योग, ध्यान तथा समग्र मानसिक wellbeing सम्बन्धी विविध विषयमा गहन छलफल गरिएको थियो। कार्यक्रममा मनोविज्ञान तथा मानसिक स्वास्थ्य क्षेत्रका प्रतिष्ठित विज्ञहरूको सहभागिता रहेको थियो। Moderator का रूपमा चर्चित Psychologist पुजन शर्मा रहेकी थिइन् भने Acharya डा. प्रद्युमन राज पाण्डेय, Neuropsychiatrist डा. प्रदीप पाण्डेय, Clinical Psychologist डा. सुरज शाक्य तथा Acharya डा. नम्रता पाण्डेयले आ–आफ्ना अनुभव, विचार तथा सुझाव प्रस्तुत गर्नुभएको थियो। उहाँहरूको प्रस्तुतीले सहभागीहरूलाई मानसिक स्वास्थ्यप्रति अझ सचेत र सकारात्मक बन्न प्रेरित गरेको थियो। थापाथलीस्थित Rotary Bhawan मा सम्पन्न उक्त कार्यक्रमलाई विभिन्न Rotary Clubs हरूले सह–आयोजना गरेका थिए। कार्यक्रममा समाजका विभिन्न क्षेत्रका व्यक्तित्व, युवा, विद्यार्थी तथा स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमलाई अझ प्रभावकारी बनाउन मिडिया सपोर्टका रूपमा  Ton Media Group को विशेष सहकार्य रहेको थियो। कार्यक्रममा Ton Media Group को सक्रिय उपस्थिति तथा प्रचार–प्रसारले कार्यक्रमलाई थप व्यापक पहुँच दिलाएको आयोजकले बताएका छन्। मानसिक स्वास्थ्य आजको समाजको अत्यन्त महत्वपूर्ण विषय भएकाले यस्तो सचेतनामूलक कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्। कार्यक्रमको सफल आयोजनाका लागि Rotary Club of Kathmandu परिवार, अध्यक्ष राजेन्द्र गौतम, सम्पूर्ण वक्ताहरू, सह–आयोजक Rotary Clubs तथा सहयोगी संस्थाहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ।