Fursad Times आइतबार, भाद्र १४, २०८३

गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि त्यसको असर नेपाली मनोरञ्जन क्षेत्रका गतिविधिमा समेत देखिन थालेको छ । यही शुक्रबार अर्थात् भदौ १९ गते प्रदर्शन हुने भनिएको फिल्म ‘ककाकिकी’ पनि यहि कारणले निर्धारित मितिमा नआउने भएको छ । शुक्रबार निर्माता कम्पनी माया इन्टरटेनमेन्ट स्टुडियो प्रालिकी प्रमुख श्रद्धा प्रसाईंले एक विज्ञप्ति जारी गर्दै देश विषम परिस्थितिसँग जुधिरहेको अवस्थामा हाँस्ने र हँसाउने कार्यक्रम कल्पना गर्न समेत नसकिने भन्दै फिल्मको प्रदर्शन मिति स्थगित गरिएको जानकारी गराएकी हुन् । विज्ञप्तिमार्फत फिल्मको नयाँ प्रदर्शन मिति मंसिर ११ गतेलाई तय गरिएको छ । यो मितिमा अन्य दुई फिल्म ‘सारथी’ र ‘स्त्री’ पनि प्रदर्शन हुने तयारीमा छन् । ‘ककाकिकी’ भदौ १९ गतेबाट ‘पोस्टपोन्ड’ हुँदा यही मितिमा प्रदर्शन हुन लागेका दुई फिल्म ‘बा स् एक योद्धा’ र ‘एलिफेन्ट्स इन द फग’ ९तिनीहरू०लाई ठूलो राहत मिलेको छ ।

‘कमेडी दरबार’का बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको संयुक्त निर्देशनमा बनेको यस फिल्ममा रेखा थापा, गौरी मल्ल, तृप्ति नाडकर, दीया मास्के, महेश त्रिपाठी, माओत्से गुरुङ, मनोज गजुरेल, प्रकाश घिमिरे, शिशिर वाङ्देल, सुवास गजुरेल, खड्गबहादुर पुन (खबपु), रेअर राईलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मका निर्माता श्रृद्धा प्रसाईं र सुमित्रा थापा हुन् ।

इतजभच ल्भधक ज्भबमष्लिभक