नबिन पन्त मंगलबार, आश्विन १३, २०८३

प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘प्रतिवैरम्’को नयाँ गीत ‘माहोल गरम’ सार्वजनिक भएसँगै चलचित्रको चर्चा थप चुलिएको छ। गीतमा अभिनेत्री प्रियंका कार्कीलाई आकर्षक अवतारमा प्रस्तुत गरिएको छ। ‘बसन्ती’ पात्रको भूमिकामा देखिएकी प्रियंकाको नृत्य, गीतको प्रस्तुति र एक्सन झल्कने दृश्यले भिडियोमा फरक स्वाद थपेको छ। रोशन दासको शब्द तथा निर्देशनमा तयार भएको गीतको नेपाली संस्करणमा हृतिका श्रेष्ठको स्वर र मनीष अधिकारीको संगीत रहेको छ। कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन्। गीतको भिडियोमा प्रियंका कार्कीसँगै नवीन श्रेष्ठ, रोनी यादव, नारायण बीके र प्रदीप ढकाल देखिएका छन्। रोशन दासकै लेखन तथा निर्देशन रहेको ‘प्रतिवैरम्’ मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।