नबिन शुक्रबार, फाल्गुण १६, २०८१

भक्तपुर । शुक्रबार विहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भूकम्प गएको छ ।भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको भैरव कुन्ड आसपासमा केन्द्रबिन्दु बनाएर
६.१ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । भूकम्पका कारण काठमाडौं सहित पूर्वी र मध्य नेपालमा भूकम्पको कडा धक्का महसुस भएको छ । भूकम्पका कारण भएको क्षतिको विवरण आउन बाँकी छ ।