नबिन पन्त शुक्रबार, माघ ०३, २०८२

भक्तपुर, माघ ५ । नेपाल आयल निगमले आजदेखि लागू हुनेगरी पेट्रोल मट्टितेल र डिजेलको मूल्यमा समायोजन गरेको छ । पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँको दरले घटेको छ। निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १५६ र डिजेल र मट्टितेल प्रतिलिटर १३६ कायम भएको छ।
इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको हो।