नबिन पन्त बुधबार, माघ ०१, २०८२

भक्तपुर,पौष ३०। नेपाली कांग्रेसको केन्द्रिय ुमितिको बैठक मार्फत ५ बर्षको लागि केन्द्रिय सदस्य समेत नरहेन गरि निष्कासनमा परेका महामन्त्री विश्वप्रकाश शर्माले आफूले बिहानै महामन्त्रीको पद त्यागिसकेको बताएका छन्। उनले बुधबार विशेष महाधिवेशनको बन्द सत्रमा बोल्दै बिहान नै आफूले महामन्त्री पद त्यागेको र महामन्त्रीको लागि प्रदीप पौडेल र गुरुराज घिमिरेले मनोनयन दर्ता गरिसकेको भएकाले आफूलाई निष्काष्नणले कुनै असर नपर्ने समेत बताए। उनले विशेष महाधिवेशनमा बोल्दै भने, ‘केन्द्रीय समिति बैठकले कारबाही गरेको भन्ने सुनेँ। जिन्दगीमा पहिलो चोटि कारबाही भन्ने शब्दमा परियो। यहिलेको समय अनुसार कांग्रेसलाई फरक तरिकाले चलाउँ भन्दा कारबाहीमा परिँदो रहेछ। एकजना साथीले फोन गरेर दाई कारबाहीमा पर्नुभएछ भन्नुभयो। महामन्त्री त मैले बिहानै छोडिसकेँ भनिदिएँ।