नबिन पन्त मंगलबार, साउन २६, २०८३

कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको जीवनकथामा बन्न लागेको फिल्म ‘म मदनकृष्ण’मा अभिनेत्री वर्षा राउतको प्रवेश भएको छ । यस अघि नै नायक महेश त्रीपाटी र अरुण क्षेत्री फाइनल भै सकेका छन ।निर्माण टिमले उनलाई कलाकार हरिवंश आचार्यकी श्रीमती रमिला पाठकको भूमिकामा अनुबन्धित गरिएको हो । फिल्ममा मदन कृष्णको भूमिका महेश त्रीपाटीले गर्दै छन भने हरिवंशको भूमिका भने अरुण क्षेत्रीले निर्वाह गर्नेछन् ।