मनिस चौलागाईं शुक्रबार, आश्विन ०९, २०८३

​भक्तपुर । बहुप्रतिक्षीत नेपाली चलचित्र ‘जदौ’ आज शुक्रबारदेखि देशभरका सिनेमा हलहरूमा एकसाथ प्रदर्शनमा आएको छ। अञ्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको यो चलचित्रले प्रदर्शनको पहिलो दिन बिहानी शोहरूबाटै दर्शकको सकारात्मक र उत्साहजनक प्रतिक्रिया पाएको छ। निरन्तर पानी परेता पनि फिल्म हेर्न दर्शकको राम्रो उपस्थिति रहेको छ । हलबाट निस्किएका दर्शकहरूले चलचित्रको कथा, संवाद र गीतको विशेष प्रशंसा गर्दै चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन्। ​देशभरका हलहरूमा करिब ५० वटा शो पाएको यस चलचित्रको अग्रिम तथा तत्कालीन बुकिङ (टिकट बिक्री) पनि धमाधम भइरहेको छ। ​केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट ‘U’ (युनिभर्सल) प्रमाणपत्र पाएको यस चलचित्रलाई सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन्। २ घण्टा १० मिनेट १७ सेकेन्ड समयावधि रहेको यस चलचित्रलाई शान्ता पुडासैनीले निर्माण गरेकी हुन्।

​चलचित्रमा नीति शाह, प्रभात पाल ठकुरी, मुकुन भुसाल तथा ऋचा शर्मा लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।