

असोज ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा २’को पहिलो गीत ‘अचेल किन कान्छी’ सार्वजनिक गरिएको छ । यस गीतमा धनबहादुर गिरी ९बाबुल०को शब्द तथा संगीत छ भने रवि ओड र गंगा सोनामले स्वर दिएका छन् । गम्भीर विष्टको कोरियोग्राफी तथा साहिल खानको सम्पादन रहेको गीतको भिडियोमा फिल्मका मुख्य जोडी पल शाह र मलिका महत सहित आकाश श्रेष्ठ पनि देखिएका छन् । पल र मलिकाले रोमान्टिक भावमा आकर्षक नृत्य प्रस्तुत गरेका छन् । उनीहरूबीच विवाहको विषयलाई लिएर नोंकझोक भएको पनि देख्न सकिन्छ । भिडियोमा आकाश श्रेष्ठको प्रवेशले भने त्रिकोणात्मक प्रेमकथातर्फ संकेत गर्छ । चन्द्र पन्तको निर्देशनमा बनेको यस फिल्ममा पल, मलिका र आकाशसहित विपना थापा, स्व। प्रदीप रावत, साइग्रेस पोखरेल, सविन श्रेष्ठ, गजित विष्ट, रिश्ता,बेगम नेपाली, गुरुङ, निकिता आचार्य, नरेन खड्का, दीलिप अखेडालगायतका कलाकारहरूको अभिनय रहेको छ । भारतीय कलाकार प्रदीपको यो अन्तिम नेपाली फिल्म हो ।
आर्या इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा चन्द्र पन्तको कथा तथा पटकथा, सन्तोष भट्टको संवाद, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, नवराज उप्रेतीको छायांकन, एलिस कार्कीको पार्श्व संगीत, राजेन्द्र मोक्तानको रंग संयोजन तथा राम−लक्ष्मण सेन्चुरीको द्वन्द्व निर्देशन छ । फिल्मले आमा−छोराको सम्बन्धलाई केन्द्रमा राखेर वैदेशिक रोजगारीको कथा प्रस्तुत गरेको छ