Fursad Times शुक्रबार, जेठ ०७, २०७८

गत वैशाख ३० मा अल्पमतको सरकार बनाएका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक व्यवस्थाअनुसार संसदमा विश्वासको मत लिनका लागि प्रयास नै नगर्ने रणनीतिमा पुगेका छन्। उनले त्यसअघि नै राजीनामा दिने तयारी गरेका छन्।

विहीबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले केही दिनमात्र अगाडि आफूले विश्वासको मत नपाएको र अब पनि पाउने सम्भावना नरहेको भन्दै विश्वासको मतका लागि प्रयास नगर्ने बताएको एकमन्त्रीले जानकारी दिए।

उता बिहिबार भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन्। देवकोटाले एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्दै राष्ट्रियसभामा जित हात पारेका हुन्। देवकोटालाई काँग्रेस, माओवादी केन्द्र र एमालेको माधव समूहको समर्थन थियो। देवकोटा माधव नेपाल समूह निकटका हुन्। भने गुरुङ माओवादी छोडेर एमालेमा प्रवेश गरि गृहमन्त्री बनेका थिए तर बिहिबार नै उनको गृहमन्त्रीको पद पनि गएको छ । देवकोटाले ५०८८ मतभार प्राप्त गर्दा बादलले ४०१४ मतभार पाए।

आजको निर्वाचनमा एमाले हार्दा र ओलिले राजिनामा दिने मनासर निकाल्दा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आव्हान गरेकी छन्। विहीबार अबेर सूचना प्रकाशित गर्दै राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि प्रतिनिधिसभाका सदस्यहरुलाई आव्हान गरेकी हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान बमोजिम ३० दिन भित्र विश्वासको मत लिनुपर्नेमा विश्वासको मत पाउने अवस्था नदेखिएकाले धारा ७६ को उपधारा ५ बमोजिम सरकर गठनको प्रक्रिया शुरु गर्न भनेअनुसार राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रिया शुरु गरेकी हुन्। शुक्रबार साँझ ५ बजेसम्मको समय दिइएको छ। भने राष्ट्रपतिको यस्तो कार्यको अन्य दलले बिरोध सम्म गरेका छन । यसरी छोटो समय दिएर नयाँ सरकार गठनका लागि आव्हान गर्दा प्रधानमन्त्री र राष्ट्रपतिको नियत माथी नै प्रशन उठेको छ । काग्रेश नेता रामचन्द्र पौड्यल र विस्वप्रकास शर्माले ट्वीट समेत गरेर बिरोध गरेका छन भने माओवादी नेताहरुले उनिहरुको नियत माथी नै प्रशन गरेका छन

https://youtu.be/tbaWJocw4SQ