Fursad Times आइतबार, आषाढ २०, २०७८

भक्तपुर –  प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्दै आइ रहेका विद्यार्थी संगठनले आइतबार साँझ उनको पुत्ला दहन गरेका छन् । दरबारमार्गस्थित त्रिचन्द्र क्याम्पस अगाडि नेपाल विद्यार्थी संघका त्रिचन्द्र क्याम्पसका इकाई कमिटी अध्यक्ष शान्त शिवाकोटीको नेतृत्वमा पुत्ला दहन गरिएको हो । पुत्ला दहन गरे पछि विद्यार्थीहरुले ओलि सरकारको विरोध स्वरुप राँके जुलुशसमेत निकालेका थिए। राँके जुलुस प्रदर्श गरेअ पछि त्यसलाई रोक्न प्रहरीले धरपकड गरेको छ भने प्रदर्शन गरिरहेका एक दर्जन भन्दा बढी  विद्यार्थी नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

माओवादी केन्द्र, काँग्रेस, जसपा (उपेन्द्र समूह), एमालेको माधव समूह र राष्ट्रिय जनमोर्चा सहितका विद्यार्थी संगठनहरुले लगातार ओली सरकारविरुद्ध प्रर्दशन गरिरहेका छन्।