Fursad Times शनिबार, बैशाख २४, २०७९

भक्तपुर । शनिबार भरतपुरमा आयोजित कोणसभामा बोल्दै भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले गठबन्धन केको लागि बनाइएको भन्दै प्रश्न गरेका छन् ।

त्यस्तो पौडेलले उनीहरूको गठबन्धन मेलम्चीमा पानी किन चाँडो आएन भनेर हो या सुरूङ मार्ग चाँडो किन बनेन हो या बनेपा बर्दिबासको बाटो चारै वर्षमा बनाऔं भन्नेबारे हो या आर्थिक दृष्टिकोणले देश डामाडोल छ के त्यसको बारेमा नभै गठबन्धन नगरी नाता पर्नेहरूलाई पद दिनको लागि बनाइएको उनले आरोप लगाए। कसैको श्रीमतीलाई टिकट दिन, कसैको छोरीलाई, कसैको ज्वाइँलाई दिन हो,’ उनले भने, ‘बस्, आफ्नो पेट भर्नाका लागि हो। हाम्रो आलोचना त्यसमा हो । हाम्रो विरोध त्यसमा हो।’

भरतपुरमा सत्ता गठबन्धनले मेयरमा माओवादीकी रेनु दाहाललाई टिकट दिएपछि असन्तुष्ट हुँदै पौडेलले बागी उम्मेदवारी दिएका थिए। उम्मेदवारी फिर्ता लिन भने पनि नलिएपछि कांग्रेसले उनलाई पार्टीबाट निष्कासन गरेको थियो। त्यसपछि उनी स्वतन्त्रबाट उठेका छन्। उनले यसपटक ुभुइँकटहरु चुनाव चिन्हबाट चुनाव लड्दैछन्।