नबिन पन्त शनिबार, माघ ०४, २०८२

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकताबारे निर्वाचन आयोगने निर्णय नगर्दासम्म देउवाको साथमा उभिएका नेता शेखर कोइरालाले देउवालाई दिइरहेको बलियो साथ फितलो बन्न थालेको छ । जसले गर्दा शेखरले देउवालनई दिइरहेको काथबाट हात झिक्न सक्ने सम्भावना उच्च रहेको बुझिन्छ । आज देउवा पक्षले आज आफू पक्षको केन्द्रीय समिति बैठक राखेका बेला शेखर भने आफ्नो समूहको छुट्टै भेलामा भएको बुझिएको छ। शुक्रबार बेलुका निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षका पदाधिकारलीहरुले सडक आन्दोलन गर्ने र अदालत गुहार्ने घोषणा गरिसकेको छ। स्रोतका अनुसार देउवा पक्ष आन्दोलन गर्ने सोचमा रहे पनि शेखर पक्ष भने आन्दोलनमा उत्रिने मुडमा छैन । आयोगले मान्यता दिएको कार्यसमितिलाई नै आधिकारिक मानेर बस्ने विषयमा लचक हुन सकिने विषयमा शेखर कोइराला पक्षले छलफल गर्न लागेको हुन सक्ने स्रोतले बतायो । निर्वाचन आयोगले मान्यता दिएको गगन थापा नेतृत्वको केन्द्रीय समितिले पनि आजै बानेश्वरमा केन्द्रीय समिति बैठक राखेको छ ।