काठमाडौं – देशको सबैभन्दा पुरानो र ठूलो दल नेपाली कांग्रेस विभाजन भएसँगै अर्को प्रमुख दल नेपाली कांग्रेसमा हलचल मच्चिएको छ । कांग्रेसमा आफूनिकट पक्षले आधिकारिकता पाउने आशा र विश्वासमा बसेको एमाले नेतृत्व आफूले चाहेअनुसारको परिणाम नआएपछि गएराती देखि निदाउन सकेको छैन । पछिल्लो राजनीतिक हलचल र नयाँ नेतृत्वको बाक्लो चहलपलहले गर्दा पुराना र ठूला भेनिएका दहलरुमा ठूलो चिन्ता बढिरहेको बेला विभाजित भएको काँग्रेसमा पुरानो नेतृत्वले आधिकारिकता पाउने र आगामी प्रतिनिधि सभा निर्वाचनमा सहकार्य गरेरसमेत जान सकिने एक किसिमको योजना बनाइरहेको एमाले नेतृत्व निर्वाचन आयोगले हिजो गरेको निर्णयबाट झस्किएको छ । हिजो एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘कांग्रेसमा महाधिवेशन बोलाउने थिति होला नि रु’ भन्दै प्रशन गर्नु र कांग्रेसको नयाँ नेतृत्वलाई ‘सडकबाट घोषणा गरिएको’ टिप्पणी गर्नुबाट एमालेको नियत र चाहना प्रष्ट देखिएको थियो । कांग्रेसको नयाँ नेतृत्वले मान्यता पाएपछि छलफलमा जुटेको एमालेको अघोषित केन्द्रिय कार्यालय गुण्डु हिजो राती १ बजेसम्म अनिदो बस्यो । प्रत्यक्षतर्फका एमाले उम्मेदवार तय गर्न आज सचिवालय बैठक बोलाएको एमाले हिजो अचानक सम्भावित सहकार्यको सम्भावना टुटेपछि छलफलमा जुटेको हो । शुक्रबार राति गगन नृतृत्वको काँग्रेसले आधिकारिकता पाउ लगतै बसेको छलफलमा अध्यक्ष ओलीसहित उपाध्यक्षहरु विष्णु पौडेल, रामबहादुर थापा (बादल) र महासचिव शंकर पोखरेल थिए । बैठकमा प्रतिनिधि सभामा सहकार्यका लागि देउवा र ओलीबीचको समझदारिलाई नयाँ कांग्रेससँग पनि जारी राख्ने प्रस्ताव गर्ने वा स्थगित गर्ने भन्नेबारे छलफल भएको स्रोत बताउँछ ।
यस