काठमाडैं, पौष २ – काँग्रेसको विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापा पक्षका पदाधिकारी तथा नेताहरू निर्वाचन आयोगको कार्यालय अगाडि धर्नामा बसेका छन्। यसरी गगन पक्षधरका पदाधिकारीहरु धर्नामा बसेपछि सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। कार्यालय प्रवेश गर्ने मूल गेट भने बन्द गरिएको छ। निर्वाचन आयोगमा देउवा पक्ष र गगन पक्ष दुबैले आधिकारिता आफ्नो रहेको भनि दाबी गरेको छ। कसलाई आधिकारीकता दिने भन्ने आयोगले कुनै पनि निर्णय निर्णय सुनाएको छैन। यसै बिचमा काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सानेपामा पत्रकार सम्मेलन गर्दै आफूहरूलाई आधिकारिकता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएका थिए।