
सरकारको ध्यान जनताका समस्या र अपेक्षातर्फ तर्क केन्द्रित गराउने उद्देश्यले ‘सुन सरकार’ बोलको गीत सार्वजनिक गरिएको छ । माधव सुनुवारको शब्द तथा संगीत रहेको गीतमा माधव सुनुवार र अनुपा ए सीको स्वर रहेको छ । गीतमार्फत सरकारलाई जनताका आवाज, समस्या र अपेक्षालाई गम्भीरतापूर्वक सुन्न आग्रह गरिएको छ । समसामयिक विषयलाई गीतमार्फत प्रस्तुत गरिएको यस गीतले सरकार र जनताबीचको सम्बन्ध तथा जनताका अपेक्षालाई विषय बनाएको छ । गीतमा जनताका आवाज सरकारसम्म पुर्याउने प्रयास गरिएको छ । ‘सुन सरकार’ गीतको भिडियो माधव सुनुवारको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको भिडियोमा पनि सरकारको ध्यान जनताका सवालतर्फ केन्द्रित गराउने सन्देश प्रस्तुत गरिएको छ ।सरकारको ध्यान जनताका समस्या र अपेक्षातर्फ तर्क केन्द्रित गराउने उद्देश्यले ‘सुन सरकार’ बोलको गीत सार्वजनिक गरिएको छ । माधव सुनुवारको शब्द तथा संगीत रहेको गीतमा माधव सुनुवार र अनुपा ए सीको स्वर रहेको छ । गीतमा नारायण दगालको एरेन्ज, गोपाल दयालको रेकर्डिङ, कमल थापाको मिक्सिङ मास्टरिङ रहेको छ । गीतको भिडियोलाई मिलन श्रेष्ठले निर्देशन गरेका छन भने, दिनेश खनालको छायांकन, रोशन धितालको सम्पादन रहेको छ । गीतमार्फत सरकारलाई जनताका आवाज, समस्या र अपेक्षालाई गम्भीरतापूर्वक सुन्न आग्रह गरिएको छ । समसामयिक विषयलाई गीतमार्फत प्रस्तुत गरिएको यस गीतले सरकार र जनताबीचको सम्बन्ध तथा जनताका अपेक्षालाई विषय बनाएको छ । गीतमा जनताका आवाज सरकारसम्म पुर्याउने प्रयास गरिएको छ । ‘सुन सरकार’ गीतको भिडियो माधव सुनुवारको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको भिडियोमा पनि सरकारको ध्यान जनताका सवालतर्फ केन्द्रित गराउने सन्देश प्रस्तुत गरिएको छ ।