
वसन्त निरौलाको निर्देशनमा बनेको फिल्म ‘पाँच पाण्डव’ले कात्तिक २० गतेलाई आफ्नो प्रदर्शनमिति तय गरेको छ । बिहीबार फिल्मका प्रमुख पुरुष कलाकाहरुलाई समेटदै फर्स्टलुक पोस्टर सार्वजनिक गरेर प्रदर्शन मितिबारे जानकारी गराइएको हो । यहि मितिमा रेखा थापा निर्देशित ‘माया भनेकै यस्तो होला’ प्रदर्शनमा आउने पहिले पक्का थियो भने अब यो मितिमा ‘पाँच पाण्डव’ र ‘माया भनेकै […]
काठमाडौं । नबिन पन्तको लेखन तथा निर्देशनमा बन्न लागेको नेपाली फिल्म ‘बाकस’मा भोलाराज सापकोटा र सुपला सापकोटो अनुबन्ध भएका छन्। निर्माण पक्षले भोला र सुपलालाई अनुबन्ध गरेसँगै छायांकनमा जाने निधो निकालेको छ। फिल्मका निर्देशक पन्तले भोला र शुपलालाई फिल्म ‘बाकस’मा अनुबन्ध गरेसँगै अब दशैंपछि छायांकन थाल्ने बताए। उनले कुराकानीमा भने,‘फिल्मका लागि कलाकारहरुको टिम करिब करिब […]
असोज ३१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘छ माया छपक्कै २’ को पहिलो गीत सार्वजनिक गरिएको छ। चलचित्रको शीर्ष गीत ‘माया छपक्कै’ सार्वजनिक भएसँगै निर्माण पक्षले प्रचार अभियानलाई समेत तीव्र बनाएको छ। गीतमा करण परियार, अभि सुनार, विशाल निरौला र रश्मी विश्वकर्माको स्वर रहेको छ। गीतका शब्द तथा संगीत अभि सुनारले तयार पारेका हुन् भने […]
असोज ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा २’को टिजर सार्वजनिक गरिएको छ । चन्द्र पन्तको निर्देशनमा बनेको फिल्मको टिजरले आमाको महत्त्वलाई प्रस्तुत गरिएको छ । फिल्मका अन्य कलाकारलाई लुकाउदै विपना थापा र पल शाहलाई आमा−छोराको रूपमा प्रस्तुत गरिएको टिजरले आमा जीवित हुँदै माया गर्नुपर्छ भन्ने जटिल सन्देश दिएको छ । टिजरमा कृष्ण […]
असोज ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जदौ’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक २ मिनेट २२ सेकेण्ड लामो ट्रेलरमा त्रिकोणात्मक प्रेम र जातीय विभेदको कथालाई समेटिएको छ । प्रेम, वियोग, रोदन, हाँसो र पीडाको मिश्रण रहेको ट्रेलरले अहिले सम्म पनि नेपाली समाजमा जरा गाडेर बसेको जातीय विभेदको यथार्थलाई उजागर […]
काठमाडौं । चर्चित साहित्यिक कृति ‘एक चिहान’मा आधारित रंगमञ्चीय नाटकको स्पेसल शो यही शनिबार, असोज ३ गते आयोजना हुने भएको छ। सर्वनाम थिएटर, कालिका मार्गमा बेलुका ५ बजे हुने विशेष प्रदर्शनमा अभिनेत्री रस्मिला तामाङ नानीथकुको भूमिकामा प्रस्तुत हुँदैछिन्। ‘मन बिनाको धन ठूलो २’मा समेत आबद्ध तामाङ चलचित्र, म्युजिक भिडियो, लघु चलचित्रसँगै रंगमञ्चमा पनि सक्रिय छिन्। […]
संगीतकार तथा निर्देशक टंक बुढाथोकी र बाल गायक असोक दर्जी बिचको सम्बधलाई लिएर बुढाथोकीले दिएको पछिल्लो अभिव्यक्तिले बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई पुनः चर्चामा ल्याएको छ। बुधबार ललितपुरको लबिम मलमा आयोजित फिल्म ‘झिँगेदाउ २’को प्रिमियरका क्रममा पत्रकारले “मन बिनाको धन ठूलो २” मा असोक हुने नहुने भनेर सोधेको प्रश्नमा टंकले अशोकबारे दिएको अभिव्यक्तिपछि […]
भक्तपुर – नयाँ नेपाली फिल्म ‘बाकस’का लागि मुख्य अभिनेताका रूपमा महेश त्रिपाठी अनुबन्धित भएका छन्। निर्माण टिमले आइतबार उनलाई औपचारिक रूपमा फिल्मका लागि अनुबन्ध गरेको हो। नवीन पन्तको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको यस फिल्ममा महेशको प्रवेशसँगै मुख्य कलाकारहरूको टोली झनै बलियो बनेको छ। यसअघि फिल्ममा अभिनेत्री बिपना थापा र वर्षा राउत मुख्य भूमिकामा […]
भदौ १९ अर्थात कृष्ण जन्माष्टमीमा रिलिजको तयारीमा रहेको फिल्म ‘बाः एक योद्धा’ रसुवा बाढीको कारण देखाई निर्धारित मितिबाट प्रदर्शन सर्दै मंसिर २४ गतेलाई प्रदर्शन मिति तय गरिएको थियो । तर, अब भने यो फिल्मले फेरि ‘यूटर्न’ अब यो फिल्म असोज ९ गते देखि ‘आचार्य’ र ‘जदौ’ सँगै प्रदर्शन गरिने भएको छ । निर्माणा पक्षले असोज […]