ऋणको पीडालाई यथार्थ रूपमा चित्रण गर्ने ‘ऋणै ऋणमा डुबे आमा’ गीतले दर्शको मन जित्दै

पछिल्लो समय ‘ऋणै ऋणमा डुबे आमा’ बोलको भावुक गीत सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा व्यापक रूपमा चर्चामा रहेको छ। गीतका शब्द दीपेन्द्र कुमार थापाले लेखेका हुन् भने संगीत अर्जुन पोखरेलको रहेको छ। गीतलाई गायक थानेश्वर गौतमले आफ्नो सशक्त स्वर दिएका छन्। नेपाली समाजले भोगिरहेका आर्थिक संकट, ऋणको बोझ र त्यसबाट उत्पन्न हुने पारिवारिक तथा मानसिक पीडालाई […]

चलचित्र ‘पञ्चमी’बाट निर्देशनमा डेब्यू गर्दै सौगात

लामो समयदेखि नेपाली फिल्ममा कार्यकारी निर्माता र मुख्य सहायक निर्देशकको रूपमा काम गर्दै आएका सौगात बस्नेत ‘पञ्चमी’ फिल्म मार्फत निर्देशनमा डेब्यू गर्ने भएका छन् । बुधबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो । थिम पोस्टरमा पुरानो टाइपराइटरबाट ‘पञ्चमी’ र ‘आई हेट हु एभर कमस् लेट’ भन्ने लाइन लेखिएको पत्र निस्किँदै गरेको […]

दिदीभाइको प्रेम कथा बोकेको ‘पार्वती’को टिजर सार्वजनिक

काठमाडौं – अभिनेत्री नीता ढुंगानाको डेब्यू निर्देशकीय फिल्म ‘पार्वती’को टिजर सार्वजनिक गरिएको छ । बुधबार गुरु पुर्णिमाको अवसर पारेर निर्माण पक्षले २ मिनेट भन्दा लामो टिजर दर्शकमाझ ल्याएको हो । सार्वजनिक गरिएको उक्त टिजरले फिल्मको कथावस्तुबारे संक्षिप्तमा प्रकाश पारेको छ । दिदीभाइबीचको भावनात्मक सम्बन्धलाई टिजरमा मर्मस्पर्शी ढंगले प्रस्तुत गरिएको छ । फिल्ममा नायिका नीता अटिजम […]

चलचित्र “कंगाल करोडपति “मा प्राप्ती श्रेष्ठ अनुबन्धित

भक्तपुर – नेपाली फिल्म ‘कंगाल करोडपति’ मा प्राप्ती श्रेष्ठ अनुबन्धित भएकि छिन्। निर्माण पक्षले उनलाई फिल्मको महत्वपूर्ण भूमिकाका लागि अनुबन्ध गरिएको जनाएको छ।यसअघि नै फिल्मका मुख्य कलाकारका रूपमा मुकुन भुषाल,सलिना तामाङ र रेयर राई अनुबन्धित भइसकेका छन्। राजु श्रेष्ठको निर्देशन रहने फिल्म सिनेमा पाठशाला प्रालिको ब्यानरमा निर्माण हुन लागेको हो। फिल्मका प्रस्तुतकर्ता प्रविन आचार्य हुन् […]

चलचित्र ‘जदौ’ को शीर्ष गीत जदौ हजुर सार्वजनिक (भिडियो सहित)

भक्तपुर ,२ साउन । प्रतिक्षित चलचित्र ‘जदौ’ को शीर्ष गीत जदौ हजुर शुक्रबार राजधानीमा प्रेसमिट गरि सार्वजनीक गरिएको छ । हाइटेक इन्टरटेन्मेन्ट युट्युवमार्फत दर्शकमाझ ल्याइएको डान्सिङ बिटको गीतमा राजनराज शिवाकोटी र रचना रिमालको स्वर छ । बाबुल गिरीको शब्द र संगीतमा रहेको गीतमा नीति शाह,प्रभातपाल ठकुरी,राजश्री थापालगायतका प्रमुख कलाकार फिचर छन् । गीतको कोरियोग्राफी रामजी […]

नित्यशिवा र बिनोद सन्जेलको “मायामा दुनियाँ पागल” गीतको भिडियो सार्वजनिक

भक्तपुर –  बास्तबिक सत्य घटनामा आधारित भनिएको गीत माया के हो मायामा मानिस किन पागल हुन्छनको भिडियो रिलिज भएको छ युबतिको कारणले मानिसको जिन्दगी कसरी बर्बाद हुन्छ यहि आसय बोकेको गीत “मायामा दुनियाँ पागल” ओएस आर मुभिज युटुब च्यानल बाट रिलिज भएको छ । बिनोद सन्जेलको प्रस्तुतिमा नित्याशिवा र बिनोद सन्जेलको स्वर, शंकर अधिकारी घायलको […]

आर्मोन कार्की ब्लाईण्ड अडिसन राउण्डबाट नेक्स्ट राउण्डमा

काठमाण्डौ, आर्मोन कार्की द भ्वाईस किड्स सिजन ५ को ब्लाईण्ड अडिसन राउण्डबाट पार गरी नेक्स्ट राउण्डमा पुगेका छन । उनले देशभावले ओतप्रेत स्वर सम्राट नारायण गोपाल द्धारा गायिएको गित “विरताको चिनो विरको संतान” गीत गाएर उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएका थिए । उनले प्रस्तुत दिरहँदा निकै रोमाञ्चित बनीरहेका कोचहरु मिलन नेवार र अर्जुन सापकोटाले बेल बजाउँदै […]

‘आइ एम जितबहादुर’ फ्लप भएको जितु नेपालको स्वीकारोक्ति, ‘आफ्नै फिल्मको टिकट किन्नुपर्ने अवस्था छ’

काठमाडौं । अभिनेता तथा निर्माता जितु नेपालले आफूले निर्माण तथा अभिनय गरेको फिल्म ‘आइ एम जितबहादुर’ बक्स अफिसमा सफल हुन नसकेको स्वीकार गरेका छन्। जितुले टेलिभिजन कार्यक्रम ‘रजतपट’सँगको अन्तर्वार्ताका क्रममा फिल्मको व्यापारिक असफलताबारे खुलेर धारणा राख्दै वर्तमा समयमा नेपाली फिल्म उद्योग गम्भीर चुनौतीको सामना गरिरहेको समेत बताएका छन। जितु नेपाल मुख्य भूमिकामा देखिएका ‘आइ एम […]

पशुपति शर्मा र परितोषिका पन्तले ‘तीन तीघ्रे क्या बिग्रे’ मार्फत अभिनय क्षेत्रमा डेब्यु गर्दै

काठमाडौं । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक रुपमा घोषणा गरिएको छ। लेखक तथा निर्देशक अमरदीप सापकोटाको लेखन एवं निर्देशन रहने यस चलचित्रको शुभारम्भ सूर्यविनायक गणेश मन्दिरमा स्क्रिप्ट पूजा गर्दै गरिएको हो । असार महिनाको अन्तिम सातादेखि छायांकनमा जाने तयारीमा रहेको यस यस चलचित्रमार्फत चर्चित गायक पशुपति शर्मा […]