Fursad Times बिहिबार, जेठ १९, २०७९

पोखरा – जवरजस्ती कर णीको आरोपमा पुर्पक्षमा रहेका अभिनेता पल शाहले आफुले बाहिर रहेर मुद्दा  लडन पाउनु पर्ने भन्दै उच्च अदालत पोखरामा दिएको निवेदनलाई उच्च अदालत पोखराले अस्वीकार गरेको छ । धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा आज उच्च अदालत पोखरामा सुनुवाइ भएकोमा जिल्ला अदालतकै आदेशलाई सदर गरेको हो ।

शाह बिरुद्व उच्च अदालत पोखराले पनि जिल्ला अदालत तनहुँकै फैसलालाई सदर गरेको हो । बिहीबार उच्च अदालतका न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई पुर्पक्षका लाथि थुनामा पठाउने तनहुँ अदालतकै फैसला सदर गरेको हो ।

आज शाहको पक्षबाट तीन र पीडितको पक्षबाट एक जना वकिलले बहस गरेका थिए ।